२०८३ असोज २३ गते शुक्रबार

दोस्रो संस्करणको एनपीएलको ट्रफी टुर आजदेखि हुँदै

दोस्रो संस्करणको एनपीएलको ट्रफी टुर आजदेखि हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०८:४१

टुरको सुरुवात शनिबार विराटनगरबाट हुने जनाइएको छ । सबै टोलीको प्रतिनिधित्व गर्ने सहर पुर्याइने ट्रफीको टुर अन्त्यमा सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने छ ।

शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिने

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार साँझ काठमाडौंमा एक कार्यक्रम गरी ट्रफी टुरको घोषणा गरेको हो । ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने छ ।

टुरको सुरुवात शनिबार विराटनगरबाट हुने जनाइएको छ । सबै टोलीको प्रतिनिधित्व गर्ने सहर पुर्याइने ट्रफीको टुर अन्त्यमा सुदूरपश्चिमको कैलालीमा पुगेर टुंगिने छ ।

विराटनगरबाट सुरु हुने ट्रफी टुर त्यसपछि मधेश प्रदेशको जनकपुर पुग्नेछ भने त्यहाँबाट चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै कैलाली पुगेर टुंगिने छ ।

टुर घोषणा कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले दोस्रो संस्करण अझ भव्य हुने बताएका छन् ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपीएल नेपालको गौरव बनिसकेको र आगामी दिनमा अझै सफलता प्राप्त गर्नका लागि शुभकामना दिए ।

एनपीएलको दोस्रो संस्करण यही मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि खेलाडी अक्सनसम्पन्न भइसकेको छ ।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०८:४१
हजुरको प्रतिक्रिया