२०८३ असोज २३ गते शुक्रबार

एभरेष्ट महिला भलिबल लिग : आज तिन खेल हुँदै

एभरेष्ट महिला भलिबल लिग : आज तिन खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०८:४५

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा हिजोदेखि सुरु भएको लिगअन्तर्गत आजको पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच दिउँसो एक बजे हुनेछ ।

पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच हुने

पोखरा ।

एभरेष्ट महिला भलिबल लिगअन्तर्गत दोस्रो दिन आज तिन खेल हुँदैछन् ।

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्डहलमा हिजोदेखि सुरु भएको लिगअन्तर्गत आजको पहिलो खेल ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्सबिच दिउँसो एक बजे हुनेछ ।

दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच दिउँसो ३ बजेबाट सुरु हुने भने आजको अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । उक्त खेल दिउँसो ५ बजेबाट सुरु हुने तालिका छ ।

लिगअन्तर्गत पहिलो दिनको खेलमा हिजो साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी सुरुआत गरेका छन् ।

उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो ।

कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो । दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो ।

उसले तेस्रो सेट २५–१४ अंकले जितेर सिजनको लिगमा उत्कृष्ट सुरूवात गरेको हो । दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेढलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो ।

भदौ २८ गतेसम्म चल्ने लिगमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ ।

दोस्रो संस्करणमा विभिन्न देशबाट १८ विदेशी खेलाडी पोखरा पुगेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०८:४५
हजुरको प्रतिक्रिया