२०८३ साउन २१ गते बिहीबार

सरकारका राम्रा काम जनतासम्म पु¥याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्ः अर्थमन्त्री पौडेल

सरकारका राम्रा काम जनतासम्म पु¥याउनुस्, नराम्रा कामको आलोचना गर्नुस्ः अर्थमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार १०:१६

उनले भने, ‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरु देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’

काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका नराम्रा कामहरुको आलोचना गर्दै राम्रा कामहरुलाई जनतासमक्ष पु¥याउन आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सेजनसँग मन्त्री, नेतालाई ल्याएर आफ्ना कुरा सुनाउने हैसियत रहेको बताए । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयहरुमा सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे ।

उनले भने, ‘सेजनसँग वास्तवमा मन्त्री, नेतालाई तानेर लिएर आउने, आफ्ना कुरा सुनाउने ल्याकत, त्यो हैसियत सेजनसँग छ । सेजनले देशको अर्थतन्त्रको विकासमा विभिन्न विषयमा सहयोग गरिरहेको छ । सामान्यतया मान्छेलाई आलोचना सुन्न मन लाग्दैन, प्रशंसा सुन्न मन लाग्छ । सरकारले गरेका राम्रा कामहरु देख्नुभयो भने त्यसलाई पनि जनतासामु संप्रेषित गरिदिनुस् ।’

मानिसहरुलाई आफ्नो प्रशंसा मात्रै सुन्न मन हुने भन्दै अहिलेको सरकारले आफ्नो आलोचना पनि सुन्ने ल्याकत राख्ने उनको जिकिर छ ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार १०:१६
हजुरको प्रतिक्रिया