२०८३ साउन २१ गते बिहीबार

‘सिपाहीको साहित्य यात्रा’ विमोचन

‘सिपाहीको साहित्य यात्रा’ विमोचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २१ गते शनिबार ०३:०५

सिपाहीको साहित्य यात्रामा १५१ मुक्तक, ३८ कविता, १० गीत र १८ गजल गरेर २१७ रचनाहरु प्रकाशन गरिएको छ ।

तनहुँ ।

मोहन भुजेल ‘सिपाही’ द्वारा लिखित पुस्तक सिपाहीको साहित्य यात्रा विमोचन गरिएको छ । मुक्तक, कविता, गीत र गजल समावेश पुस्तकको शनिबार तनहुँमा विमोचन गरिएको हो ।
शुक्ला साहित्य संगमले आयोजना गरेको कार्यक्रममा साहित्यकार दुर्गा शाह ‘बाबा’, पूर्वडिआइजी कमल घर्ति जिटी, शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष शालिकराम भट्टराई लगायतले संयुक्त विमोचन गरे ।
भुजेलले पुस्तकमा आफ्ना अनुभूतिलाई मुख्य विषयबस्तु बनाएर सिर्जना रचेका छन् । सामाजिक विकृति, प्रेम, विद्रोह, जागिरे जीवनको अनुभूति पुस्तकमा समावेश छ ।
सिपाहीको साहित्य यात्रामा १५१ मुक्तक, ३८ कविता, १० गीत र १८ गजल गरेर २१७ रचनाहरु प्रकाशन गरिएको छ ।
पुस्तकमाथि समिक्षा गर्दै साहित्यकार जीवनसागरले सान्दर्भिक रचना र सिर्जनशीलता पुस्तकमा रहेको सुनाए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ घर भइ हाल पोखराको विरौटा बस्दै आएका सर्जक भुजेल सशस्त्र प्रहरी बलको प्रहरी उपरीक्षक पदबाट सेवा निवृत्त हुन् । उनी सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी र नेपाली सेनामासमेत कार्यरत थिए ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिबार ०३:०५
हजुरको प्रतिक्रिया