२०८३ असोज २३ गते शुक्रबार

नेपाल र बंगलादेशबीच गोलरहित बराबरी

नेपाल र बंगलादेशबीच गोलरहित बराबरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०९:२०

खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपालले राम्रो अवसर बुन्यो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा डिफेन्डर अनन्त तामाङले बललाई हेडरमार्फत दोस्रो बारको दिशा दिएका थिए ।

पोखरा ।

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

यससँगै नेपाल र बंगलादेशबीचको १५ औं भेटमा नतिजा निस्कन सकेन । यी दुई टोलीबीच यो छैटौं बराबरीमा पनि हो ।

नेपालले गोलका लागि केही प्रयास गरे पनि सफलता पाउन सकेन । बंगलादेशले पनि अवसर सिर्जना गरेको थियो । तर, गोल निकाल्न असफल भयो ।

पहिलो हाफमा समान नेपाल र बंगलादेशले बराबर आक्रमण बुनेका थिए । यस क्रममा दुवै टोलीका गोलकिपर बाधक भए । खेलको १० औं मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो ।

कप्तान जमल भुयाँको कर्नर क्रसमा राकिब होसेनको हेडमार्पmत बललाई पोस्टको दिशा दिएका थिए । तर, नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले खतरा टारिदिए ।

खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपालले राम्रो अवसर बुन्यो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा डिफेन्डर अनन्त तामाङले बललाई हेडरमार्फत दोस्रो बारको दिशा दिएका थिए ।

तर, गोलकिपर मोहम्मद सुजोन होसेन छरितोपूर्वक नेपालको प्रयास सफल हुन दिएनन् । यससँगै बंगलादेशी खेलाडीले ठूलो राहतको सास फे¥यो ।

यसअघि अञ्जन विष्टलाई भुयाँले फउल गरेमा थिए । त्यस क्रममा नेपालले सेटपिस अवसर प्राप्त गरेको थियो ।

पहिलो खतरा बुनेको केही मिनेटमै नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर प्राप्त ग¥यो । फेरि एकपल्ट मणि बलमा थिए । तर, उनको प्रहारलाई सुजोनले सहजै नियन्त्रणमा लिए ।

पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा सुमोन रेजाले गरेको प्रहार क्रस बारभन्दा माथिबाट बाहिरियो ।  किरण अगाडि बढेको अवस्थामा सुमोनले बक्स भित्रबाट गोलको प्रयास गरेका थिए ।

तर, त्यो सफल हुन सकेन । दोस्रो हाफमा पनि दुवै टोलीले आक्रमण बुन्यो ।  यद्यपि, गोल भने निस्किएन र नेपालले घरेलु मैदानमा भएको पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा नै चित्त बुझायो ।

नेपाल र बंगलादेशबीच यो कुल १५ खेल हो । दुवै टोलीले समान चार खेल जित्दा ६ खेलका नतिजा बराबरीमा नै टुंगिएका छन् ।

पछिल्लोपल्ट सन् २०२२ को सेप्टेम्बरमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो ।

त्यसयता भने दुई टोलीबीच प्रतिस्पर्धा हुन सकेको छैन । यसपल्ट पनि त्यो नतिजा जारी राख्ने लक्ष्यमा नेपाली टोली थियो ।  तर, नेपाली टोली घरेलु मैदानमा जित निकाल्न असफल भयो ।

अब दोस्रो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ९ तारिख अर्थात् मंगलबार हुनेछ । विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०९:२०
हजुरको प्रतिक्रिया