२०८३ साउन २१ गते बिहीबार

अतिक्रमित जग्गामा महानगरको डोजर

अतिक्रमित जग्गामा महानगरको डोजर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २२ गते आइतबार ०३:०१

नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको हो।

काठमाडौं ।

ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ। आज बिहान ३ वटा डोजरसहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं। ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं। १०५ क्षेत्रफल १७  जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो।
नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेतु ले जानकारी दिए।
महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेतुले बताए।

प्रकाशित मिति २०८२ भदौ २२ गते आइतबार ०३:०१
हजुरको प्रतिक्रिया