म्याग्दी ।
बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक अवस्था विपन्न भएकालाई मुठीदानमार्फत सहयोग गर्ने गरेको छ । संस्थाको १४ औ वार्षिक साधारणसभा समाजमा आर्थिक अवस्था कमजोर भएका विभिन्न तीन जना विपन्नलाई खाद्यान्न तथा नगद सहयोग गरिएको थियो । यो अभियान सहकारीको स्थापना वि.स. २०६८ मा देखिनै गरिरहेको छ । आठ सय ६३ जनाको रु. तीन करोड ६५ लाख ६८ हजार सेयर रहेको सहकारीले गत आर्थिक वर्षमा रु. आठ करोड ७५ लाख ३६ हजार नौ सय ४२ बचत र रु. आठ करोड ३२ लाख ९२ हजार आठ सय ९४ लगानी गरेको थियो । विभिन्न शिर्षकमा रु. एक करोड ९५ लाख सात सय ४५ कुल आम्दानी र रु. एक करोड ८६ लाख २४ हजार आठ सय खर्च गरेको सहकारीले रु. आठ लाख ३८ हजार आठ सय १५ संचालन बचत रहेको छ ।
संस्थाले आगामी २०८३ असार सम्म शेयर पुँजी बढाएर चार करोड पु¥याउने, बचत १० करोड र ऋण लगानी ११ करोड तथा सम्पत्ती २० करोड पु¥याउने योजना साधारणसभाले पारित गरेको छ । विभिन्न बिधामा बचतकर्ता, ऋणी सेयर सदस्यहरु र उत्कृष्ट कर्मचारीका रुपमा प्रबन्धक समिक्षा ढुङ्गानालाई सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताए । महिलाहरु मात्र सेयर सदस्य, सञ्चालक र कर्मचारी रहेको छ । संस्थाका अध्यक्ष सुगम श्रेष्ठको अध्यक्षता, सचिव अम्बिका श्रेष्ठको सञ्चालन र उपाध्यक्ष जगतकुमारी खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।




