पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगअन्तर्गत आज चौथो दिन दुई खेल हुँदैछन् ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी लिगअन्तर्गत चौँथो दिनको पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
त्यसपछि आज नै दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ ।
यसअभि आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको छ ।
पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो ।
तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीन रहेको पोखराले एक अंक जोडेको छ ।
लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ ।
पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।
५ सेटको जितसँगै लुम्बिनीले २ अंक जोड्दा, खेल पाँच सेटमा धकेलेका कारण पोखराले पनि १ अंक प्राप्त ग¥यो । लुम्बिनी अंक तालिकाको पाँचौं स्थानमा रहँदा पोखरा पुछारमा छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।
प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०९:०१




