२०८३ साउन २१ गते बिहीबार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २३ गते सोमबार ०३:१६

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै

काठमाडौं ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो । जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २३ गते सोमबार ०३:१६
हजुरको प्रतिक्रिया