२०८३ असोज २३ गते शुक्रबार

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०९:२०

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझका लागि तय भएको नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल देशको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको हो ।

पोखरा ।

नेपाल र बंगलादेशबीच आज हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझका लागि तय भएको नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल देशको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको हो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले हिजो साँझ विज्ञप्ति निकालेर यसबारे जानकारी गराएको हो ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा काठमाण्डौँसहित देशभर अप्रिय घटना भएपछि खेल नहुने भएको हो ।

दुई देशबीच गएको शनिबार भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०९:२०
हजुरको प्रतिक्रिया