२०८३ साउन २१ गते बिहीबार

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार १०:२७

चीन भ्रमणमा रहेका कोइरालाले आजै आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।  कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको पनि बताएका छन् ।

काडमाडौं ।

कृषी तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षधरबाट मन्त्री बनेका अधिकारीले आज पदबाट राजीनामा दिएका हुन् ।

चीन भ्रमणमा रहेका कोइरालाले आजै आफू पक्षधरका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।  कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको पनि बताएका छन् ।

काँग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा कृषिमन्त्री अधिकारीसँगै पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

यस्तै नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि काँग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत काँग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहन नहुने र रहन नसक्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार १०:२७
हजुरको प्रतिक्रिया