प्रदेशसभादेखि मुख्यमन्त्री निवाससम्म प्रदर्शनकारीको तोडफोड र आगजनी
पोखरा ।
जेन–जीले साेमबारदेखि शुरू गरेका आन्दोलनका कारण गण्डकी प्रदेशकाे राजधानी पाेखरा दिनभर तनावग्रस्त बन्याे । केहि हदसम्म संयम देखिएकाे प्रदर्शन मंगलबार एकाएक चर्कियाे र पाेखरामा मात्रै हाराहारी अरबभन्दा धेरैकाे भाैतिक क्षति भयाे ।
जेन–जीकाे आन्दोलन चर्किँदै जाँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।
त्यसैगरी, प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवास, एमाले गण्डकी प्रदेश र कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्।
सरकारी सम्पत्तिमाथि आक्रमणसँगै मन्त्री बिन्दुकुमार थापाको घर र सचिवहरूको निवास पनि निशानामा परेका छन्। आन्दोलनकारीले पोखरा महानगरपालिका र वडाहरुका साथै लेकसाइडका होटेलहरुमा समेत आक्रमण र आगजनी गरेका छन् ।
प्रदर्शनकारीले पाेखराकाे लेकसाइडस्थित बगैचा हाेटलमा समेत आगजनी गरिदिएका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा अब आन्दोलन रोकेर आगामी यात्राबारे सोच्न पोखरा पर्यटन व्यवसायीहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०५:२०




