२०८३ साउन २१ गते बिहीबार

पोखरा भाटभटेनी लागेको आगो अझै नियन्त्रण बाहिर

पोखरा भाटभटेनी लागेको आगो अझै नियन्त्रण बाहिर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २५ गते बुधबार १२:३९

आगो निभाउने प्रयास अहिलेसम्म कसैले गरेको छैन ।

पोखरा ।

पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केटमा हिजो दिउसोबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रर्दशनकारीले मंगलबार भाटभटेनीमा आगजनी गरेका थिए । रातभर बलेको आगो बुधबार मध्यान्नसम्म पनि दनदन दन्किरहेको छ । आगो निभाउने प्रयास अहिलेसम्म कसैले गरेको छैन ।
भाटभटेनीका कर्मचारीले अहिले गेट बन्द गरेका छन् । मानिसहरुलाई भित्र छिर्न रोकेका छन् । स्थानीय केही युवाहरुको सडकमा देखि भने दमकल आए पनि रोक्ने भन्दै सडकमा जम्मा भएका छन् । यस्तै भाटभटेनीको सामान छोडेर फर्कदै गरेको एउटा ट्रक पनि बिच बाटोमा जलिरहेको छ । ट्रकमा पनि आगो बलिरहेको छ ।
शान्ती सुरक्षाको जिम्मा नेपाली सेनाले लिए पनि सडकमा सामान्य चेकजाच बाहेक सेनाको सक्रियता अझै देखिएको छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति सडकमा देखिदैन । यस्तै मैगलबार सडकका विभिन्न स्थानमा जलेका सवारी साधान सडकमा अलपत्र अवस्थामा नै छन् । राजमार्ग र केही सहरी क्षेत्रमा सेनाको उपस्थिलि बाक्लिदै गएको छ । पोखराको महेन्द्रपुलमा चैबाटोमा सेनाले बाटोमा आवातजावत गर्ने सवारी साधानको चेकजाँच गरिरहेको छ । अत्यन्त जरुरी काम वाहेकका यात्रुलाई सेनाले रोकेर फिर्ता गरिदिएको छ ।

कफ्र्यु जारी भए पछि इन्धनको आपुूर्ति समेत प्रभावित भएको छ । जसको कारण केही प्रट्रोल पम्प बन्द छन् भने । खुलेका पम्पमा इन्धन भर्नेको लाइन लागेको छ । व्यापार व्यवसाय ढप्प जस्तै छ भने राजमार्गमा साना गाडी वाहेर सार्वजनिक यातायात संचालन हुन सकेका छैनन् ।

जेनजी आन्दोलनमा पोखरामा मंगलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए ।प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् । आन्दोलनकै क्रममा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ७ सय ५० कैदीबन्दी रहेको बताइएको छ ।
त्यस्तै प्रदर्शनकारीले सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवास र व्यवसायीक भवन, बतास ग्रुपको गाडी सो रुमलगायतमा आगजनी एवमं तोडफोड गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ २५ गते बुधबार १२:३९
हजुरको प्रतिक्रिया