पोखरा ।
गण्डकी प्रदेशका ४ जिल्लाबाट झन्डै १२ सय कैदी भागेका छन् । कास्की, तनहुँ, म्याग्दी र पर्वत कारागारबाट कैदीबन्दी भागेका हुन् ।
जेन–जी समूहको प्रर्दशनकारीको तोडफोडसँगै काराभित्रै रहेको कैदीबन्दीले प्रदर्शन गरेपछि कारागारबाट उनीहरु भाग्न सफल भएका हुन् ।
कास्की कारागारका प्रशासन प्रमुख राजेन्द्र शर्माकाका अनुसार ७७३ कैदीबन्दी भागेका हुन् । तीमध्य ३५ जना महिला रहेका उनले बताए । कास्कीमा लमजुङकासमेत कैदीबन्दी थिए ।
तनहुँबाट ३२६ जना कैदीबन्दी भागेका छन् । भागेका कैदीबन्दी २० जना महिला रहेको कारागारका निमित्त प्रमुख पूर्ण राउतले बताए । तनहुँमा पनि लमजुङका महिला कैदीबन्दी थिए । ‘बाहिरबाट तोडफोड हुन थाल्यो भित्र पनि कैदीबन्दीले टायर बालेर विरोध प्रर्दशन गर्दै भागे’, उनले भने ।
म्याग्दी कारागारका ८८ जनामध्य ७२ जना भागेका थिए । भागेका मध्य २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कास्की कारागारबाट भागेका १ जनालाई पनि म्याग्दी प्रहरीले समातेको हो ।
पर्वतबाट पनि १९ जना भागेका छन् । पर्वत कारागारमा ९९ जना कैदीबन्दी छन् ।




