२०८३ साउन २१ गते बिहीबार

राष्ट्र बैंकले १ अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब २० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २९ गते आइतबार ०९:००

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँको रकम लगानी गर्नेछ ।

पोखरा ।

नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ ।

केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब चार करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँको रकम लगानी गर्नेछ ।

बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०९:००
हजुरको प्रतिक्रिया