२०८३ असोज २५ गते आइतबार

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २९ गते आइतबार ०९:११

जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

काठमाडौं ।

अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।

जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।

कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ ।

संसद् विघटन भइसकेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

प्रकाशित मिति २०८२ भदौ २९ गते आइतबार ०९:११
हजुरको प्रतिक्रिया