२०८३ साउन २१ गते बिहीबार

साफ यु–१७ च्याम्पियनसिप नेपालले आज श्रीलंकासँग खेल्दै

साफ यु–१७ च्याम्पियनसिप नेपालले आज श्रीलंकासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३० गते सोमबार १०:२२

श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता स्थानीय समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।
च्याम्पियनसिप आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसहित श्रीलंका र बंगलादेश छन् ।

पोखरा ।

साफ यु–१७ च्याम्पियनसिपमा आजदेखि श्रीलंकामा सुरु हुँदैछ ।

च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टिम श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता स्थानीय समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

च्याम्पियनसिप आजदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसहित श्रीलंका र बंगलादेश छन् ।

यसपछि नेपालले असोज १ गते बंगलादेशसँग खेल्नेछ ।

नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।

यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।

प्रशिक्षक सिंहले भारत र बंगलादेशको टिम राम्रो तयारीका साथ प्रतियोगितामा आएको जानकारी दिए ।

उनले घरेलु मैदान र दर्शकसामु खेल्ने भएकाले श्रीलंकालाई पनि हलुका रूपमा लिन नहुने बताए ।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली अस्ति शनिवार श्रीलंका गएको थियो ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार १०:२२
हजुरको प्रतिक्रिया