२०८३ साउन २१ गते बिहीबार

शहीद स्मारक ‘ए’ डिजिभन लिग खेल्न तयार छौंः शिर्ष क्लव

शहीद स्मारक ‘ए’ डिजिभन लिग खेल्न तयार छौंः शिर्ष क्लव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३० गते सोमबार ०८:०१

गत वर्ष नै यु–१६ र यु–१८ र लिगबापत एन्फाबाट पाउनु पर्ने बजेट उपलब्ध नभएको र त्यसबारे आज छलफल गरेको शेर्पाले उल्लेख गरेका छन् ।

काठमाडौं ।

शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको छ । सोमवार एन्फासँगको छलफलका क्रमका हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले ‘ए’ डिजिभन लिग गरेको खण्डमा आपूmहरू खेल्न तयारी हुने बताएका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाका अध्यक्ष शेर्पाले शिर्ष डिभिजन लिग हुन्छ या हुँदै भन्ने जवाफ एन्फासँग मात्र रहेको बताएका छन् । उनले लिगको मिति तय गर्नुअघि नै स्टेडियमबारे तय गर्न आग्रह गरेका छन् । स्टेडियम तय नभएको अवस्थामा लिग नै नहुने उनको दाबी छ ।

एन्फाको बोलाएको अवस्थामा आफूहरू आएको उल्लेख गर्दै आफूहरूले लिग नखेल्ने कहिले नै नभनेको उनी बताउँछन् । क्लव लाइसेन्स पाउने गरी लिग गर्न उनले एन्फालाई सुझाव दिएका छन् । उनले गलत कागजात बनाएर आफूहरूले क्लव लाइसेन्स पाउने व्यवस्था सही नभएको उल्लेख गरे ।

कानूनी रूपमा होम मैदान उपलब्ध गराए होम एन्ड अवेको प्रश्तावअनुरूप खेल्न तयार रहेको हिमालय शेर्पा क्लवका अध्यक्ष शेर्पाले बताएका छन् । उनले बंगलादेशमा लिग खेल्न गएका खेलाडीबारे अन्यथा लिन नहुने बताएका छन् । तर नियमित खेल भयो भने खेलाडी पलायनको श्रृंखला रोकिने उनको भनाइ छ ।

गत २३ गते एन्फाले जारी यु–१६ लिगबारे छलफल गर्न बोलाएको तर अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई उपस्थित रहेको उल्लेख गरे । यद्यपि, आफूहरूले सहायक महासचिव र सिइओसँग बसेर छलफल गरेको शेर्पाले बताए । अघिल्लो दिन मात्र अर्को सूचना नआएसम्म सबै लिगहरू स्थगित भएको एन्फाबाट अव्यवस्थित रूपमा मेसेज आएको उल्लेख गरे । उनले लिगहरू स्थगित गर्न पर्दा औपचारिक रूपमा पत्रबाट नगरेको भन्दै एन्फाको अव्यवस्थित काम गरेको शेर्पाको आरोप छ ।

गत वर्ष नै यु–१६ र यु–१८ र लिगबापत एन्फाबाट पाउनु पर्ने बजेट उपलब्ध नभएको र त्यसबारे आज छलफल गरेको शेर्पाले उल्लेख गरेका छन् । दशै अगाडि त्यो रकम उपलब्ध गराइ दिन एन्फालाई आग्रह गरेको उनले बताए । एन्फाले यसपल्ट ‘ए’ डिभिजन लिग २०८२ होम एन्ड अवेमा गर्ने गरी छलफल पनि अगाडि बढाएको थियो ।

तर क्लवहरूले कुनै निश्चित योजना र रणनीति बिना यो प्रस्ताव गर्नु गलत रहेको दाबी गर्दै आएका छन् । एन्फाले लिगको मोडालिटी, मार्केटिङ र अन्य व्यवस्थापकीय पक्षबारे पनि विस्तृत प्रस्ताव अघि सारिसकेको छ । नेपाली फुटबलको शीर्ष लिग पछिल्लोपल्ट (२०७९÷२०८०) भएको थियो । त्यो लिग चर्च ब्वाइजले जितेका थियो । तर, त्यसयता एन्फा लिग गर्न असफल हुँदै आएको छ ।

प्रकाशित मिति २०८२ भदौ ३० गते सोमबार ०८:०१

हजुरको प्रतिक्रिया