२०८३ साउन २१ गते बिहीबार

शुरु हुन थाले जेन-जी आन्दोलनले प्रभावित मिसन-२६ को विशेष प्रशिक्षण

शुरु हुन थाले जेन-जी आन्दोलनले प्रभावित मिसन-२६ को विशेष प्रशिक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ४ गते शनिबार १०:१९

गत एशियाली खेलकुदलगत्तै आगामी एशियाली खेलकुदका लागि विशेष प्रशिक्षण सुरु गरिएको पहिलोपल्ट हो ।
यसपल्ट राखेपले १० खेलका खेलाडीलाई तयारी गराए पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भने ३२ वटा खेल आगामी एसियन गेम्समा दर्ता गराएको छ ।

काठमाडौं ।

जेन जी आन्दोलनका कारण प्रभावित मिसन–२०२६ अन्तर्गत नेपाली राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण फेरि सुचारु हुन थालेको छ ।

आगामी २० औं एशियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानमा हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोही एशियाली खेलकुदको तयारीका लागि २०८० साल माघ १५ गतेदेखि विशेष प्रशिक्षण शुरु भएको थियो ।

१९ औं संस्करणको एशियाली खेलकुद सोही वर्षको असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो । त्यसयता नियमिति रूपमा विशेष प्रशिक्षण हुँदै आएको छ ।

यद्यपि जेन जी आन्दोलनले प्रशिक्षण प्रभावित हुन पुग्यो । उत्पन्न परिस्थितिका कारण खेलाडीले पाँच दिन प्रशिक्षण गर्न पाएनन् ।

मिसन–२६ मा रहेका ९ खेलमध्ये नेपाली राष्ट्रिय महिला भलिबल टोलीले शुक्रबार प्रशिक्षण गरे ।

मुख्य प्रशिक्षक जगदीश भट्टले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रशिक्षण गराएका थिए ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो आर्थिक वर्षका लागि मिसन–२६ को प्रशिक्षण भदौ १ गतेदेखि शुरु गरेको थियो ।

आन्दोलनले स्थिति असहज बन्दै गएपछि खेलाडीले प्रशिक्षण गर्न पाएका थिएनन् ।

विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), बक्सिङ, एथलेटिक्स, जुडो, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका एक सय १० खेलाडी सहभागी छन् ।

प्रशिक्षण टोलीमा ४४ पुरुष र ६६ महिला छन् ।

आगामी एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित यो प्रशिक्षण शुरु गरिएको हो ।

गत एशियाली खेलकुदलगत्तै आगामी एशियाली खेलकुदका लागि विशेष प्रशिक्षण सुरु गरिएको पहिलोपल्ट हो ।

यसपल्ट राखेपले १० खेलका खेलाडीलाई तयारी गराए पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भने ३२ वटा खेल आगामी एसियन गेम्समा दर्ता गराएको छ ।

गत बुधबार एनओसीले विज्ञप्ती जारी गर्दै नेपालबाट ३२ खेलका ४ सय ३४ खेलाडी दर्ता गरिएको जनाएको थियो ।

उक्त एसियन गेम्सका लागि खेलाडीहरूको संख्या निर्धारण गर्ने अन्तिम मिति गत मंगलबार नै थियो ।

एनओसीले राखेप र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य र समन्यवबिना नै रहेको उक्त प्रक्रिया पूरा गरेको हो ।

विधान संशोधन र निर्वाचनका विषयलाई लिएर विवाद हुँदा अहिले नेपालमा समानान्तर रूपमा दुई वटा एनओसी छन् ।

यसै कारण जीवनराम श्रेष्ठको नेतृत्वको एनओसीलाई सरकारले मान्यता दिएको छैन ।

जसका कारण एनओसीले संघको सिफारिसकै आधारमा खेल र खेलाडी संख्या दर्ता गराएको हो ।

प्रकाशित मिति २०८२ असोज ४ गते शनिबार १०:१९
हजुरको प्रतिक्रिया