पोखरा ।
माछापुच्छ्रे गाउँपालीका–२, खाँदरजुङमा रहेको श्री बाराही आधारभुत विद्यालयले ६१ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । विद्यालयले बिहीबार एक समारोहको आयोजना गर्दै आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै समारोहका प्रमूख अतिथि माछापुच्छ्रे गाउँपालीका –२ का वडा अध्यक्ष गणेश आचार्यले सबै सरोकारवालाको मन जितेर शिक्षाको गुणस्तरमा उल्लेखनिय प्रगति गरेकोमा बधाई दिए । साथै उनले विद्यालयले गर्ने यस्ता कार्यहरुमा वडाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा बोल्दै माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले विद्यालयमा जब सम्ममा विद्यार्थीको सिकाई उपलब्धि वृद्दि हुने सिकाई कृयाकलाप हुदैनन् तबसम्म विद्यालयले प्रगति गरेको मान्न नसकिने बताइन् । साथै उनले उक्त विद्यालयले गरेका हरेक गतिविधि पालिका शिक्षा शाखाले नजिकबाट हेरिरहेको र शाखाले सक्दो सहयोग गरेको पनि उल्लेख गरिन् ।
माछापुच्छ्रे माविका प्राचार्य सन्तोष आचार्यले विद्यालयले विद्यार्थीहरुको लागी आवश्यक पर्ने पोशाक, शैक्षिक सामाग्री, ड्रेस, जुत्ता–मोजा, झोलालागायत सम्पुर्ण सामानहरु विभिन्न संघ संस्था, व्यक्ति र राज्यसंग समन्वय गरि जुटाएको जानकारी दिए ।
सोहि अवसरमा विद्यालयले कक्षा नर्सरीदेखी कक्षा ५ सम्म विभिन्न विद्याहरुमा जस्तै प्रथम, द्दितिय, तृतिय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यक रामप्रसाद आचार्यले विद्यालयको समग्र विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकहरु गरि १४० जनाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८२ असोज ४ गते शनिबार ११:३९




