पोखरा ।
टीभीएस मोटर कम्पनीले नेपालमा दुई नयाँ स्कूटर सार्वजनिक गरेको छ ।
जगदम्बा मोटर्स प्रालि संगको सहकार्यमा स्क्वायर मोटर्स पोखराले न्युरोडस्थित सिटि स्क्वायर ब्याङ्केटमा विशेष कार्यक्रम गरी टीभीएस आईक्युब ३ दशमलब ० र टीभीएस आईक्युब ३ दशमलव ५ भेरियन्ट सार्वजनिक गरेको हो ।
स्क्वायर मोटर्स प्रालि जगदम्बा मोटर्स प्रालिका लागि कास्की जिल्लाको आधिकारिक विक्रेता हो ।
टिभीएस आइक्यूब ३.० मा १०० किलोमिटरको वास्तविक दायरा र १२३ किलोमिटरको कम्पनी दायरा रहेको छ । यसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकिए पनि दशैं विशेष अफरमा ३ लाख १४ हजार ९०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस्तै, ११५ किलोमिटरको प्रभावशाली वास्तविक विश्व दायरा र १४५ किलोमिटरको आई डी सी दायरा भएको प्रमुख टीभीएस आईक्युब ३ दशमलव ५ को बजार मुल्य ३ लाख ५९ हजार ९ सय रहेकोमा दशै विशेष छुटमा ३ लाख ३९ हजार ९०० रुपैयाँमा नै किन्न सकिने जानकारी दिएको छ ।
यसका साथै गतवर्ष प्रस्तुत भएको टिभीइस आईक्युब २ दशमलब २ भेरियन्टको स्कुटर पनि जम्मा २ लाख ९९ हजार ९०० रुपैयाँमा नै ग्राहकले खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले आफ्नो प्राथमिकता र बजेट अनुसार धेरै विकल्पहरु प्राप्त गर्नेछन् ।
चाडपर्वको मौषमलाई लक्षित गरि टिभीएस आईक्युबले एक्सचेञ्ज र फाईनान्स योजनाहरु पनि ल्याएको छ । साथै लक्की ड्र मार्फत् ४ विजेताहरुको लागि ५० हजार रुपैयाँ नगद फिर्ता गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ ।
दशै लक्षित टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज इभेन्ट, पोखराको अमरसिंहचौर हस्पिटल चोक नजिक र टिभीएस पोखरा नयाँबजार शोरुममा हुने कम्पनीका अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिए ।
साथै दशैको उत्कृष्ट अफर र छुटका लागि नयाँबजार शोरुममा भिजिट गर्न ग्राहकवर्गमा कम्पनीका प्रबन्ध निर्देशक विनोज पोटेले आग्रह गरेका छन् ।




