२०८३ साउन २१ गते बिहीबार

साफ यू–१७ च्याम्पियनसिपम : सेमिफाइनलमा नेपालले आज भारतको सामना गर्दै

साफ यू–१७ च्याम्पियनसिपम : सेमिफाइनलमा नेपालले आज भारतको सामना गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज ९ गते बिहीबार ०९:२८

कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।

पोखरा ।

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछन् ।

जहाँ फाइनल प्रवेशका लागि नेपालले आज साविक विजेता भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।

कोलम्बो रेसकोर्स मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।

नेपाल समूह ‘ए’को उपविजेताको हैसियतले सेमिफाइनल पुगेको हो । भारत भने समूह ‘बी’को विजेता हो ।

तीन टोली मात्र रहेको समूहमा मिश्रित नतिजा निकालेको नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

समूह ‘बी’मा भारतले शतप्रतिशत नतिजा निकालेको छ ।  उसले भुटान, पाकिस्तान र माल्दिभ्सलाई हराएको छ ।

सेमिफाइनलमा भारत र नेपाल तीन पटक आमने–सामने भएको इतिहास छ । सबैमा भारतले नेपाललाई हराएको छ ।

समग्रमा यी दुई टोली १३औं पटक भिड्दैछन् । भारतले पछिल्ला १२ भेटमा कूल ३० गोल गरेको छ । जवाफमा नेपालले मात्र ६ गोल गर्न सकेको छ ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा चलिरहेको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०९:२८
हजुरको प्रतिक्रिया