काठमाडौं ।
दशैं–तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले ग्राहकलाई खुशी र उत्साह थप्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ।
अफरअनुसार कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक र पेट्रोल–डिजेल मोडेलहरूमा विशेष छुट र सुविधा उपलब्ध गराएको छ । चाडपर्वको अवसरमा ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के ३ ईभी, कर्भ ईभी जस्ता इलेक्ट्रिक गाडी छान्न सक्नेछन् ।
इलेक्ट्रिक गाडी खरिद गर्दा निःशुल्क डिसी फास्ट चार्जिङ, होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, इम्बोस्ड नम्बर प्लेट, बीमा कवरेज र आकर्षक एक्सेसोरिज उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, लक्की ड्रमार्फत माल्दिभ्सको कपल ट्रिप जित्ने मौका पनि रहनेछ ।
पेट्रोल र डिजेल गाडी रोज्ने ग्राहकका लागि पनि विशेष अफर छ। टियागो, पञ्च, नेक्सन र सफारी मा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट र आकर्षक एक्सेसोरिज सुविधा पाइनेछ।
कम्पनीका अनुसार यस अफरमार्फत ग्राहकले ५ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन्। सिप्रदी ट्रेडिङले यो अफर देशभरका सबै शोरुमहरूमा उपलब्ध गराएको छ।
प्रकाशित मिति २०८२ असोज ९ गते बिहीबार ०५:२५




