२०८३ असोज २३ गते शुक्रबार

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १२ गते आइतबार ०७:२८

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृंखला खेलेको हो ।

पोखरा ।

वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ ।

शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।

त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिए ।

त्यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए ।

डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

यो जीतसँगै नेपालले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृंखला खेलेको हो ।

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।

नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ ।

ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृंखला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।

अब शृंखलाको दोस्रो खेल भोलि सोमबार र तेस्रो खेल पर्सि मंगलबार हुनेछ ।

 

प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ०७:२८
हजुरको प्रतिक्रिया