२०८३ असोज २३ गते शुक्रबार

युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा

युवा फुटबलरको सम्झनामा एन्फाद्वारा स्मृति सभा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १२ गते आइतबार ०२:१५

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरप्रति श्रद्धाञ्जली सभा गरेको छ । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार एन्फाले वार्षिक स्मृति सभा आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली...

काठमाण्डौ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको पहिरोमा परी ज्यान गुमाएका युवा फुटबलरप्रति श्रद्धाञ्जली सभा गरेको छ ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार एन्फाले वार्षिक स्मृति सभा आयोजना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

२०८१ साल असोज १२ गते मकवानपुरको सिस्नेरीमा पहिरो  परी दिवस बानियाँ, अनुपम घलाारन, साइमोन योन्जन, प्रियांश आचार्य, विकल रेग्मी र आदित्य बालम्पखीले ज्यान गुमाउनु परेको थियो ।

सिस्नेरीस्थित वात्सल्यदेवी उच्च माध्यमिक विद्यालयमा उनीहरू एन्फाद्वारा सञ्चालित एकेडेमीका खेलाडी थिए थिए ।

भारी वर्षाका कारण आएको पहिरोमा परी उनिहरूको ज्यान गएको थियो ।

आईतवार भएको स्मृति सभामा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा, सदस्य पुरुषोत्तम थापासहित खेलाडी, प्रशिक्षक र फुटबलकर्मीले खेलाडीहरूको तस्बिरमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति २०८२ असोज १२ गते आइतबार ०२:१५
हजुरको प्रतिक्रिया