पोखरा ।
नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज हुदैछ ।
युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।
नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ ।
नेपालले कुनै पनि टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो ।
नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको थिएन ।
नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ । सिरिजको अन्तिम खेल भोली मंगलबार हुँदैछ ।
ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृंखला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ ।
यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएईमा छ ।
प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार ०९:०६