२०८३ साउन २१ गते बिहीबार

जेनजी आन्दोलनको प्रभाव : बागलुङ कालिकामा दर्शनार्थी घटे

जेनजी आन्दोलनको प्रभाव : बागलुङ कालिकामा दर्शनार्थी घटे

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असोज १३ गते सोमबार ०९:४९

जेनजी आन्दोलनको प्रभावका कारण दर्शनार्थीको संख्यामा कमी आएको उनको भनाइ छ । मन्दिर परिसरमा काउन्टिङ क्यामेरा राखिएको भन्दै यसबाट गणना गर्दा निकै कम आएको अध्यक्ष खड्काले बताए

बागलुङ ।

देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा आउने भक्तजनको संख्यामा कमी आएको छ ।

पहिले नवरात्र सुरु भएपछि दैनिक हजारौँ दर्शनार्थी कालिका मन्दिरमा आउने यस वर्ष निकै कम भएको हो ।

बडा दसैँ र चैते दसैँमा विशेष पूजा हुने यहाँ विशेष पूजा हुने गर्छ । अघिल्लो वर्ष दसैँमा मात्रै चार लाखले कालिका मन्दिरको दर्शन गरेका थिए ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्षको नवरात्रका बेला झण्डै ५० प्रतिशत कम दर्शनार्थी आएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

जेनजी आन्दोलनको प्रभावका कारण दर्शनार्थीको संख्यामा कमी आएको उनको भनाइ छ । मन्दिर परिसरमा काउन्टिङ क्यामेरा राखिएको भन्दै यसबाट गणना गर्दा निकै कम आएको अध्यक्ष खड्काले बताए

भक्तजनलाई सहज पूजा गर्ने वातावरण मिलाएको उनले जानकारी दिए । कालीका भगवतीको पूजा र दर्शन गर्दा आँटेताकेको पुग्ने, शक्ति प्राप्त हुने विश्वास छ ।

दसैँको अवसरमा विशेष पूजा हुने मन्दिरमा मनोकांक्षा पूरा गर्न भक्तजनले पञ्चबली दिने गरेका छन् ।

पूजाका लागि लाइन बस्ने, बलीलाई व्यवस्थित बनाउने, सहायता कक्ष, सूचना बोर्ड र प्रसाद वितरणको व्यवस्थापन गरिएको अध्यक्ष खड्काले बताए ।

असोज लागेपछि देशका विभिन्न स्थानमा घुम्न निस्कने क्रममा कालिका मन्दिरमा धेरै भक्तजनहरु आउने गर्छन् ।

अघिल्लो वर्ष दसैँको बिदा सुरु भएपछि राजधानीसहित देशै भरबाट हजारौँको संख्यामा दर्शनार्थी आउने गरे पनि यस वर्ष आन्दोलनका कारण धेरैमा उल्लास नहुँदा कम भएको खड्काले बताए ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा सुरु भएको पाइन्छ ।

प्रकाशित मिति २०८२ असोज १३ गते सोमबार ०९:४९
हजुरको प्रतिक्रिया