२०८३ साउन २१ गते बिहीबार

टी–२० विश्वकप छनोट : १५ सदस्यीय नेपाली टोली घोषणा

टी–२० विश्वकप छनोट : १५ सदस्यीय नेपाली टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १८ गते शनिबार ०९:०९

आईसीसी टी–२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ ।
नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो ।  ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ ।

विश्वकप छनोटअघि नेपालले ओमान र कतारसँग वार्मअप खेल खेल्ने

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

आईसिसीको आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृंखला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

त्यसैगरी, टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ ।

यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए ।

क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।

छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंहऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख छन् ।

त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको छ ।

यसैबीच आईसीसी टी–२० विश्वकप छनोटका खेल सुरु हुनुअघि नेपाली क्रिकेट टोलीले ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले ओमान र कतारसँग वार्म अप खेल खेल्ने भएको हो ।  ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले ओमानसँग शनिबार र कतारसँग सोमबार खेल्नेछ ।

ओमान र नेपालबीचको अभ्यास शनिबार बेलुका पौने ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै कतार र नेपालबीचको खेल सोमबार अपरान्ह सवा ४ बजेदेखि सुरु हुनेछ ।

टी–२० विश्वकप छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ ।

नेपालले समूह चरणमा जापान र कुवेतसँग खेल्नेछ ।

प्रकाशित मिति २०८२ असोज १८ गते शनिबार ०९:०९
हजुरको प्रतिक्रिया