काठमाडौं ।
सशस्त्र प्रहरी बल, नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको जानकारी दिए ।
नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको बताए ।जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको बताए ।
देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा ¥याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथी गरिएको बताए ।
सुवेदीले काठमाडौं, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको बताए ।
काठमाडौंको बल्खुस्थित वागमती आसपासमा बसोवास गर्ने सय जनासुकुम्वासीहरुलाई जनविकास मा.वि. बल्खुमा स्थानान्तरण गरिएको जानकारी दिए ।
रौतहट गजुरा नगरपालिका ५ हरिपुरमा डुबानमा रहेका १९ घरधुरीका ७५ जनालाई स्थानीय जागृति आधारभुत माविमा स्थानान्तरण गरिएको छ ।
झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेकोले कुमारी माविमा स्थानान्तरण गरिएको छ ।
झापाको गौरीगञ्जस्थित झोराबस्तीमा १०५ घरमा पानी पसेकाले उक्त घरमा बसोवास गर्ने मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।
१८ गतेदेखि विपद् उद्धारमा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुबाट ९ हजार ३ सय ४६ जना परिचालन भएको बताए ।
इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गरी १ सय ६० जना शसस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्धारमा परिचालन भएको बताए ।
प्रकाशित मिति २०८२ असोज १९ गते आइतबार ०१:०३




