पोखरा ।
आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट अघिको दोस्रो तथा अन्तिम वार्म अप खेल अन्तर्गत नेपालले आज कतारसँग खेल्दैछ ।
यो खेल ओमानमा आज दिउँसो सवा ४ बजेबाट शुरू हुनेछ ।
यसअघि शनिबार भएको पहिलो वार्म अप खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।
टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको हो ।
नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाली टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको थियो ।
नेपाली टोली यूएईबाट विश्वकप छनोट खेल्न ओमान गएको हो ।
प्रकाशित मिति २०८२ असोज २० गते सोमबार ०९:०३