२०८३ साउन २१ गते बिहीबार

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा

बालेन्द्र साह र सुदन गुरुङविरुद्ध जाहेरी दिन एमाले निकट अनेरास्ववियु प्रहरी परिसर काठमाडौंमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २१ गते मंगलबार ०५:०९

काठमाडौं नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । मंगलवार साँझ जिल्ला...

काठमाडौं
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेको हो । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूहरु परिसर आएको अखिलले बताएको छ ।

भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।

प्रकाशित मिति २०८२ असोज २१ गते मंगलबार ०५:०९
हजुरको प्रतिक्रिया