२०८३ असोज २३ गते शुक्रबार

टी-२० विश्वकप छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदै, नेपालले आज कुवेतसँग खेल्दै

टी-२० विश्वकप छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदै, नेपालले आज कुवेतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २२ गते बुधबार ०९:१५

पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

पोखरा ।

आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल आजदेखि ओमानमा शुरू हुँदैछन् ।

पहिलो दिन नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ ।  नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।

नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु रहेको कप्तान रोहित पौडेलले बताएका छन् ।

नेपालले यसअघि दुई पटक विश्वकप खेलिसकेको छ । यसपटक छनोट भएमा नेपालले तेस्रो पटक विश्वकप खेल्नेछ ।

अक्टोबर १७ तारिखसम्म हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोली सहभागि हुँदैछन् ।

सहभागी नौ टोली मध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

सिंगल राउण्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति २०८२ असोज २२ गते बुधबार ०९:१५
हजुरको प्रतिक्रिया