२०८३ असोज २५ गते आइतबार

निर्वाचनका लागि आवश्यक श्रोत, साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध

निर्वाचनका लागि आवश्यक श्रोत, साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २२ गते बुधबार ०९:२१

आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको पनि उनले जानकारी दिए ।

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो ।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उनले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिवद्धता भएको बताए ।

आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको पनि उनले जानकारी दिए ।

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने उल्लेख गरे ।

प्रकाशित मिति २०८२ असोज २२ गते बुधबार ०९:२१
हजुरको प्रतिक्रिया