२०८३ साउन २१ गते बिहीबार

सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

सरकारलाई महेश बस्नेतको चेतावनीः मलाई पक्राउ गरेर देखाउनुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २२ गते बुधबार १२:५३

काठमाण्डौ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन्। एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको भाईवर व्युरोले बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर...

काठमाण्डौ ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन्।

एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको भाईवर व्युरोले बयान दिए लगत्तै बुधबार उनले पत्रकार सम्मेलन गरी आफूलाई समातेर देखाउन सरकारलाई चुनौती दिएका हुन्।

बस्नेतले आफूहरूले अब डिजिटल फोर्स गठन गरेर जेनजी आन्दोलनको नाममा भएका आगजनी, लुटपाट र हत्याको खोजीका लागि सरकारसँग प्रहरीमा जाहेरी दिने बताए।

उनले भने, ‘मलाई समातेर देखाउनुस्। विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको पक्षमा जेल जान आफू तयार भएपनि कसैले लगाएको आरोप सह्य हुँदैन। जेनजी सरकारले आगजनी, लुटपाट र हत्या संलग्नहरूलाई कारबाहीको दायरामा ल्याओस्।’

नेता बस्नेतले सरकारले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनमाथि पनि आशंका उत्पन्न भएको बताएका छन्।

प्रकाशित मिति २०८२ असोज २२ गते बुधबार १२:५३
हजुरको प्रतिक्रिया