२०८३ साउन २१ गते बिहीबार

मानवसेवा आश्रम निर्माणका लागि महायज्ञ

मानवसेवा आश्रम निर्माणका लागि महायज्ञ

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असोज २३ गते बिहीबार ०३:३३

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणधिन भवन सम्पन्न गर्नका लागि श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ गरिने भएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण हुँदै गरेको मानवसेवा आश्रमको भवन चैत्र मसान्त भित्र सम्पन्न...

बागलुङ ।

मानवसेवा आश्रम बागलुङ शाखाको निर्माणधिन भवन सम्पन्न गर्नका लागि श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ गरिने भएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण हुँदै गरेको मानवसेवा आश्रमको भवन चैत्र मसान्त भित्र सम्पन्न गर्नका कात्तिक २१ गतेदेखि २८ गतेसम्म महायज्ञको आयोजना गरिने भएको हो ।

दुई सय जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्न सकिने भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । भवन निर्माणमा हालसम्म रु पाँच करोड खर्च भइसकेको र निर्माण पूर्ण रुपमा सम्पन्न गर्नका लागि अझै रु चार करोड रुपैयाँ लाग्ने भएकाले महायज्ञको आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । महायज्ञबाट मानवसेवा आश्रम बागलुङको अक्षयकोषलाई वृद्धि गरेर १० करोड पु¥याउने अपेक्षा राखिएको अधिकारीको भनाई छ।

महायज्ञ सञ्चालन र सम्पन्न गर्नका लागि मूल समारोह समिति गठन गरिएको छ । मानवसेवा आश्रम बागलुङका अभिभावक समेत रहेका सदेव राजभण्डारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको हो ।

बागलुङसँगै पर्वत, म्याग्दी र मुस्ताङ जिल्लालाई समेटेर एक हजार आठ जनाको समिति विस्तार गरिने अधिकारीले बताए । साविक धौलागिरी अञ्चललाई कार्यक्षेत्र बनाएर बागलुङम केन्द्र बनाएको मानवसेवा आश्रम बागलुङ शाखामा हाल ६६ जना सहयोगापेक्षीले आश्रय लिएका छन् । उनीहरुको पालन पोषण तथा रेखदेखमा मासिक १० लाख भन्दा बढी खर्च हुँदै आएको छ ।

मानवसेवा आश्रमसँगको सहकार्यमा गण्डकी प्रदेशलाई वि.सं. २०७८ सालमै सडक मानवमुक्त प्रदेश घोषणा गरिएको थियो । वि.सं. २०८२ साल भित्र नेपाललाई सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने संकल्प छ । यो संकलप पुरा गर्नको लागि समेत महायज्ञले टेवा पु¥याउने अपेक्षा राखिएको छ । महायज्ञमा भागवत् भाष्कर कमलनयन गौतमले कथावाचन गर्नेछन् ।

प्रकाशित मिति २०८२ असोज २३ गते बिहीबार ०३:३३
हजुरको प्रतिक्रिया