२०८३ असोज २३ गते शुक्रबार

आईसीसी टी-२० विश्वकप छनोट : नेपाल र जापानबीचको खेल आज हुँदै

आईसीसी टी-२० विश्वकप छनोट : नेपाल र जापानबीचको खेल आज हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार ०९:१९

नेपाल र जापान दुवैले आ–आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाइसकेका छन् ।

पोखरा ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेदेखि सुरु हुनेछ ।

नेपाल र जापान दुवैले आ–आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर सिक्समा स्थान बनाइसकेका छन् ।

बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो ।

अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०९:१९
हजुरको प्रतिक्रिया