२०८३ साउन २१ गते बिहीबार

सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

सुनको भाउ आज ४ हजार २०० रुपैयाँले घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार १२:१५

काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको...

काठमाण्डौ ।

लगातार बढिरहेको सुनको भाउ आज चार हजार दुई सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

अस्ति सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । गएको शुक्रवारदेखि सुनको भाउमा कीर्तिमान बन्दै आएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ । ाँदी आज एकैदिन ६० रुपैयाँले बढी तोलाको तीन हजार ८५ रुपैयाँ पुगेको छ।

हिजो चाँदीको भाउ तोलाको तीन हजार २५ रुपैयाँ थियो ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार १२:१५
हजुरको प्रतिक्रिया