पोखरा ।
नेपालीहरूको महान चाड दशैं र तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। उत्सवको रौनकमा ग्राहकलाई थप खुशी र उत्साह दिने उद्देश्यले कम्पनीले यो अफर ल्याएको हो।
यस योजनाअन्तर्गत इलेक्ट्रिक र पेट्रोल–डिजेल दुवै मोडेलका टाटा गाडीहरूमा विशेष छुट र आकर्षक सुविधा उपलब्ध गराइएका छन्।
इलेक्ट्रिक गाडीका ग्राहकका लागि टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता आधुनिक मोडेलमा जीवनभरका लागि निःशुल्क डीसी फास्ट चार्जिङ सुविधा प्रदान गरिनेछ। साथै होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, पूर्ण बीमा कवरेज, एक्सेसोरिज उपहार र अन्य आकर्षक छुटहरू पनि समावेश छन्।
लक्की ड्र मार्फत एकजना भाग्यशाली विजेताले माल्दिभ्स कपल ट्रिप जित्ने मौका समेत पाउने बताइएको छ ।
पेट्रोल र डिजेल गाडी रोज्ने ग्राहकका लागि पनि कम्पनीले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा उपलब्ध गराएको छ। सिप्रदीका अनुसार ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ पाउन सक्छन्। यो अफर देशभरका सबै टाटा शोरुमहरूमा सीमित अवधिका लागि उपलब्ध हुने जनाइएको छ ।
प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार ०३:०७




