२०८३ साउन २१ गते बिहीबार

राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो : सञ्चारमन्त्री

राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो : सञ्चारमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २५ गते शनिबार ०८:५५

उनले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको उनले जानकारी दिए ।

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन—जीहरुका महत्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए । निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको उनले जानकारी दिए ।

उनका अनुसार सुरक्षा निकायहरुले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएका छन् ।

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको बताउँदै उनले मुलुक संवादहिनताको दिशामा अघि बढेको र निर्वाचनको माहोल बनेको बताए ।

देश, जनता र राजनीतिक दल र जेन जीको साथ सबै निर्वाचनको बाटोमा अघि बढेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार ०८:५५
हजुरको प्रतिक्रिया