पोखरा ।
आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
आईसीसीका अनुसार समूह एको विजेता यूएईसँग समूह बीको विजेता नेपालले आइतबार दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपालले समूह चरणबाट सुपर सिक्समा २ अंक जोडिसकेको छ । यस्तै यूएई पनि दुई अंक लिएर सुपरसिक्समा प्रवेश गरेको हो ।
त्यस्तै नेपालले सोमबार समूह ‘ए’कै उपविजेता कतारसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
यसैगरी नेपालले बुधबार समूह सीको विजेता ओमानसँग र शुक्रबार समूह सीको उपविजेता सामोआसँग खेल्नेछ ।
यी खेलबाट शीर्ष तीनमा पर्ने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा सहभागिता जनाउनेछन् ।
नेपाल आईसीसी टी–२० एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट खेलअन्तर्गत समूह चरणका दुवै खेलमा जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको हो ।
नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई ५ विकेटले पराजित गरेको थियो ।
अब नेपालले जापानसँग सुपर सिक्समा खेल्न पर्ने छैन ।
प्रकाशित मिति २०८२ असोज २५ गते शनिबार १०:२४




