२०८३ साउन २१ गते बिहीबार

आइपीएल: सुपर ‌ओभरमा दिल्ली विजयी

आइपीएल: सुपर ‌ओभरमा दिल्ली विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ५ गते सोमबार ०१:०६

५ असोज । इन्डियन प्रिमियर लिगमा आइतबार दिल्ली क्यापिटल्सले राेमाञ्चक जित हात पारेको छ । किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले रोमाञ्चक जित हात पारेको हो । निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल...

कागिसो रबाडा र स्टोयनिसको चमत्कार

५ असोज । इन्डियन प्रिमियर लिगमा आइतबार दिल्ली क्यापिटल्सले राेमाञ्चक जित हात पारेको छ । किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले रोमाञ्चक जित हात पारेको हो ।

निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर मात्र २ रन बनायो । पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए । तर दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए ।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।

खराब शुरुवात गरेको दिल्लीका लागि मिडल अर्डरका मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । दिल्लीका लागि कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए ।

पञ्जावका मोहम्मद शामीले ३ तथा शेल्डन कट्रेलले २ विकेट लिए ।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले खराब सुरुवात गरेपनि ओपनर मायांक अग्रवालले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए । तर अन्तिम ओभरमा दिल्लीका स्टोयनिसले उनै अग्रवाल र क्रिस जोर्डनको विकेट लिएपछि पञ्जाब जित नजिक पुगेर पनि चुकेको थियो । अग्रवालले ६० बल खेल्दै ७ चौका र ४ छक्का मद्दतमा ८९ रन बनाए पनि पञ्जाबलाई जिताउन सकेनन् ।

दिल्लीको जितमा स्टोइनिङ् नायक
ब्याटिङ् र बलिङ् दुवैतर्फ चामत्कारीक प्रदर्शन गरेका स्टोइनिङ् दिल्लीको जितमा नायक सावित रहे । व्याटिङ्मा बिस्फोटक प्रदर्शन गरेका उनले बलिङ्मा समेत चमत्कार नै गरे । जसका कारण आइपिएलको जारी सिजनमा दिल्लीले पहिलो जितको स्वाद चाख्यो ।
पञ्जावलाई जितका लागि अन्तिम ओभरमा १३ रन चाहिएको थियो । अग्रवालले स्टोइनिसलाई पहिलो बलमा छक्का प्रहार गरे । अर्को बलमा २ रन लिए । पञ्जाबलाई अब जितका लागि ४ बलमा ५ रन आवश्यक थियो । अग्रवालले अर्को बलमा चौका हानेपछि स्कोर टाई भयो र पञ्जाब जितको निकै नजिक पुग्‍यो । तर त्यसपछिको ३ बलमा स्टोयनिसले चमत्कार नै गरे । चौथो बल डट फाले । पाँचौ बलमा अग्रवाललाई अक्सर पटेलको हातबाट क्याचआउट गराए भने छैटौं बलमा क्रिस जोर्डनलाई शिमरोन हेतमायरको हातबाट क्याचआउट गराए । पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो र खेल सुपर ओभरमा पुगेको थियो ।

दिल्लीका लागि रबाडा स्टोइनिस र रविचन्द्रन आश्विनले २-२ विकेट लिए । स्टोयनिस खेलको म्यान अफ दि म्याच घोषित भए

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार ०१:०६
हजुरको प्रतिक्रिया