२०८३ असोज २३ गते शुक्रबार

गण्डकीबाट देशको प्रतिनिधित्व गर्ने ७ खेलाडी सम्मानित

गण्डकीबाट देशको प्रतिनिधित्व गर्ने ७ खेलाडी सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २६ गते आइतबार ०८:०९

साधारण सभामा संघले एक वर्षमा गरेका गतिविधि प्रस्तुत गरिएको थियो ।

पोखरा ।

गण्डकी प्रादेशीय क्रिकेट संघले साधारण सभाको अवसरमा देशको प्रतिनिधित्व गर्ने ७ खेलाडीलाई सम्मान गरेको छ ।

संघले आइतबार चौथो साधारण सभाको अवसरमा गण्डकी प्रदेशका ७ क्रिकेटरलाईसम्मान गरेको हो । यु–१९ महिला विश्वकप र एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका गण्डकीका सिमाना केसी, रचना चौधरी, कुशुम गोदार र ज्योत्सनिका मरासिनी सम्मानित भएका हुन् ।

यस्तै यु–१९ पुरुष विश्वकप छनोट खेलेका किर्बिन श्रेष्ठ, अपराजित पौडेल र स्वहिल कुँवरलाई पनि संघले सम्मान गरेको हो । उनीहरुलाई जनही १० हजारसहित सम्मान गरिएको संघले जनाएको छ ।

साधारण सभामा संघले एक वर्षमा गरेका गतिविधि प्रस्तुत गरिएको थियो ।

संघका अध्यक्ष संजयकान्त सिग्देलले संघले गरेको कामलाई प्रदेशले मुल्यांकन गरेर उत्कृष्ट संघको रुपमा सम्मान गरेको बताए । उनले आगामी दिनमा पनि क्रिकेटको क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले क्रिकेटको विकास लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए । उनले खेल खेल्ने वातावरणसँगै खेलकुद संरचनामा पनि खेलका लागि आवश्यक हुने स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ असोज २६ गते आइतबार ०८:०९
हजुरको प्रतिक्रिया