२०८३ असोज २३ गते शुक्रबार

टी-२० एशिया छनोटको सुपर-६ अन्तर्गत नेपालले आज कतारसँग खेल्दै

टी-२० एशिया छनोटको सुपर-६ अन्तर्गत नेपालले आज कतारसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २७ गते सोमबार ०९:२६

सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले हिजो युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
हिजोको खेलमा नेपालले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो । 

पोखरा ।

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटको सुपर–६ अन्तर्गत  नेपालले आज कतारसँग खेल्दैछ ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति पौने ९ बजेबाट सुरु हुनेछ ।

सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले हिजो युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।

हिजोको खेलमा नेपालले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो ।

यूएईलाई अन्तिम तीन बलमा तीन रन चाहिएको अवस्थामा तीन विकेट गुमाएर एक रन मात्र जोड्न सक्यो ।

नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

योसंगै नेपाल आज लगातार चौथो जितको खोजीमा छ । कतार समूह चरणमा मलेसियालाई पराजित गर्दै सुपर–६ मा पुगेको हो ।

समूह ‘ए’मा कतार युएईसँग पराजित भएको थियो भने मलेसयालाई ८ विकेटले हराएको थियो ।  सुपर सिक्समा भने कतार ओमानसँग ३४ रनले पराजित हुन पुग्यो ।

यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुुँदा नेपालले २ तथा कतारले एक खेल जितेका छन् ।

अपराजित नेपालको सुपरसिक्समा ४ अंक भएको छ भने कतार अंकविहीन छ ।   सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतिस्पर्धा गर्ने टिममा अब युएईसँगै कतार, ओमान र सामोआ छन् ।  नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

नेपालले बुधबार ओमानसँग खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्ने छ ।

यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०९:२६
हजुरको प्रतिक्रिया