२०८३ असोज २३ गते शुक्रबार

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र कतार भिड्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र कतार भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २७ गते सोमबार ०८:३३

सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा ।

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति पौने ९ बजेबाट सुरु हुनेछ । सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले हिजो युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा पुगेको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

योसंगै नेपाल आज लगातार चौथो जितको खोजीमा छ । कतार समूह चरणमा मलेसियालाई पराजित गर्दै सुपर–६ मा पुगेको हो । समूह ‘ए’मा कतार युएईसँग पराजित भएको थियो भने मलेसयालाई ८ विकेटले हराएको थियो ।

सुपर सिक्समा भने कतार ओमानसँग ३४ रनले पराजित हुन पुग्यो । यी दुई टोलीबीच अहिलेसम्म तीन खेल हुुँदा नेपालले दुई तथा कतारले एक खेल जितेका छन् । अपराजित नेपालको सुपरसिक्समा ४ अंक भएको छ भने कतार अंकविहीन छ ।

सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा अब युएईसँगै कतार, ओमान र सामोआ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

प्रकाशित मिति २०८२ असोज २७ गते सोमबार ०८:३३
हजुरको प्रतिक्रिया