२०८३ असोज २४ गते शनिबार

कास्की प्रहरीले चलायो ‘अपरेशन–३६५’

कास्की प्रहरीले चलायो ‘अपरेशन–३६५’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २८ गते मंगलबार ०२:१६

पोखरा समाजमा शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी रोक्न कास्की प्रहरीले ‘अपरेशन–३६५’ सञ्चालन गरेको छ । समाजलाई आतंकित पार्ने खालका गतिविधी बढिरहेको भन्ने व्यापक जनगुनासोको आधारमा सोमबार साँझदेखि उक्त अपरेशन सुरु गरिएको...

पोखरा
समाजमा शान्ति सुव्यवस्था खलल पार्ने खालका गतिविधी रोक्न कास्की प्रहरीले ‘अपरेशन–३६५’ सञ्चालन गरेको छ । समाजलाई आतंकित पार्ने खालका गतिविधी बढिरहेको भन्ने व्यापक जनगुनासोको आधारमा सोमबार साँझदेखि उक्त अपरेशन सुरु गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अपरेशनअन्तर्गत रातको समयमा होहल्ला गर्दै हिड्ने, मोटरसाईकलको स्वरुप परिवर्तन गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने र शान्ति सुव्यवस्थामा खलल पार्नेलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही थालिएको बस्नेतले बताए । बस्नेतकाअनुसार उक्त अपरेशन निरन्तर रुपमा संचालन हुनेछ ।

सवारी सधानको ध्वनी मोडिफाइन नगर्न र मोडिफाई गर्ने कार्यमा संलग्न नहुन वर्कसपलाई प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति २०८२ असोज २८ गते मंगलबार ०२:१६
हजुरको प्रतिक्रिया