२०८३ साउन २१ गते बिहीबार

मणिपालकाे दाबीः नर्सहरुलाई सरकारले तोकेको तलब दिएको छौं

मणिपालकाे दाबीः नर्सहरुलाई सरकारले तोकेको तलब दिएको छौं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २८ गते मंगलबार ०३:०२

पोखरा । मणिपाल शिक्षण अस्पतालले नर्सिङ कर्मचारीलाई नेपाल सरकारले तोकेको दरअनुसार नै तलब दिएको दाबी गरेको छ । अस्पतालले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै तलब नर्सहरुले दाबी गरेअनुसार नभई सरकारले तोकेअनुुसार रहेको जिकीर गरेको...

पोखरा ।

मणिपाल शिक्षण अस्पतालले नर्सिङ कर्मचारीलाई नेपाल सरकारले तोकेको दरअनुसार नै तलब दिएको दाबी गरेको छ ।

अस्पतालले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै तलब नर्सहरुले दाबी गरेअनुसार नभई सरकारले तोकेअनुुसार रहेको जिकीर गरेको हो ।

यस्तै नयाँ तलब तथा भत्तासमेत निर्धारण गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्मानजनक तलब र जोखिम भत्ताको माग राख्दै मणिपालका नर्सहरु असोज १० गतेदेखि आन्दोलनरत छन् ।

अस्पतालले आन्दोलनरत नर्सहरु आन्दोलनमा उत्रिदा विरामीको उपचारमा गम्भिर असर परेको जनाएको छ ।

आन्दोलनरत नर्सहरुसँग पटकपटक वार्ता र छलफल गरिएको विज्ञप्तीमा भनिएको छ ।

 

प्रकाशित मिति २०८२ असोज २८ गते मंगलबार ०३:०२
हजुरको प्रतिक्रिया