२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभा विघटन असंवैधानिक – देउवा

प्रतिनिधिसभा विघटन असंवैधानिक – देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २८ गते मंगलबार ०३:१५

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्। जेन जी आन्दोलनका क्रममा भएको आक्रमणबाट घाईते भएपसछ पहिलोपटक केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका देउवाले यस्तो बताएका...

काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्।

जेन जी आन्दोलनका क्रममा भएको आक्रमणबाट घाईते भएपसछ पहिलोपटक केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका देउवाले यस्तो बताएका हुन् ।

देउवाले संविधान नै जोखिममा परेको बताए। ‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ।’ देउवाले भने, ‘जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ।’

उनले सरकारले फागुन २१ का लागि तोकेको निर्वाचन हुनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनिनसकेको बताए।

निर्वाचनको पूर्वशर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन।

सुरक्षा निकाय मनोबल गिरेर निरीह भएका छन्।’ उनले भने, तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतःस्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो। यसतर्फ ध्यान जाओस्।’

उनले देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन नै भएको पनि बताए।

 

प्रकाशित मिति २०८२ असोज २८ गते मंगलबार ०३:१५
हजुरको प्रतिक्रिया