काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।
बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा तीन दिनसम्म बैठक चल्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमले आजको बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए ।
बैठकमा आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।
एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताए ।
एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टी ११ औं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ ।
मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेको तयारी छ ।
प्रकाशित मिति २०८२ असोज २९ गते बुधबार ०९:१७