पोखरा ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले आज ओमानसँग खेल्दै छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् ।
आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।
यसअघि नेपालले आइतबार यूएईलाई रसोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हराएको थियो ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो जहाँ ६ विकेटले विजयी भएको थियो ।
नेपाल र ओमानबिचको खेल जारी प्रतियोगितामा दुई उत्कृष्ट टिमबिचको भिडन्त पनि हो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंक छ ।
नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।
प्रकाशित मिति २०८२ असोज २९ गते बुधबार ०९:२७