२०८३ साउन २१ गते बिहीबार

तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ

तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार १०:५६

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ । अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग...

भक्तपुर ।

तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।

अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ । अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ । दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ । पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तिहरु धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन् ।

पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेल्ने गरेको छ ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार १०:५६
हजुरको प्रतिक्रिया